New Year – New Offer

Days
Hours
Minutes
Second
WEBSITE

प्रिमियम वेबसाईट

हामीसंग सहकार्य सहकार्य गर्नुहुदा हामि तपाईलाई तपाईको सम्पुर्ण ब्याबसायिक बिवरणले भरिएको एक सुन्दर प्रिमियम वेबसाईट प्रदान गर्नेछौ। जसमा निम्नानुसारका फिचरहरू समाबेस हुनेछन।

  • ब्याबसायाको परिचय

  • सम्पर्क बिवरण

  • गूगल लोकेसन

  • फोटोहरू

  • भिडियो

  • प्रोप्राईटर बिवरण

  • कस्टूमरको रिभ्यू

  • सर्भिस बिवरण

  • प्रोडक्ट बिवरण

  • हाईलाईट गरिने प्रोडक्टको फोटो र मूल्य सहित

  • ह्वाट्सएप कनेक्सन

  • कस्टुमरले कुनै समान अर्डर गर्दा सिधा तपाईको ह्वाट्सएप मा नोटिफ़िकेसन आउने

  • म्यासेन्जर कनेक्सन

  • कस्टुमरले म्यासेन्जरमा लाईव च्याट गर्न मिल्ने

  • ३६५ दिन टेक्निकल सपोर्ट

  • कुनै पनि डिटेल, हटाउन, परिवर्तन गर्न या थप्न परेमा ३६५ दिन नै हामि तपाईको साथमा हुनेछौ।

३६५ दिन टेक्निकल सपोर्ट

हामि संग सहकार्य गरे पश्चात उपलब्ध गराईने वेबपेजको सर्भिसमा कुनै कुरा थप-घट गर्न परेमा या हटाउन या नया अपडेट दिन परेमा हामि ३६५ दिननै तपाईहरूको सेवामा तत्पर रहनेछौ।
यो सबै सर्भिस को लागि कुनै थप शुल्क लाग्नेछैन। सामान्य परिवर्तन तथा अपडेट तपाईले रिपोर्ट गरेको २४ घण्टा भित्र प्रदान गरिनेछ।

QR CODE सहितको भिजिटिङ्ग कार्ड र डिस्ट्रिब्यूसन

सहकार्य पश्चात हामि तपाईलाइ एक QR CODE उपलब्ध गराउने छौ। जसलाई तपाई आफ्नो ब्याबसाय रहेको स्थानमा प्रिन्ट गरेर तसना सक्नु हुनेछ। कोहि पनि ग्राहकले यसलाई स्क्यान गरेर सजिलै तपाईको बिजनेस डिटेल हेर्न बुझ्न र अन्लाईन बाटै बुक गर्न का साथै कुनै पनि बेला तपाईलाई सिधा सम्पर्क गर्न सक्नेछन।

सहकार्य संगै हामि तपाई लाई १००० प्रति भिजिटिङ्ग कार्ड पनि प्रदान गर्ने छौ। जसलाई हामि पब्लिक माझ बितरण पनि गरिदिनेछौ। यसबाट तपाईको बिजनेस को बारेमा थाहा नभएका नया ग्राहकमाझ पनि तपाईको भिजिटिङ्ग कार्ड पुग्नेछ भने उनहरूले कार्डमा भएको QR CODE स्क्यान गरेर सजिलै तपाईको बिजनेस को सम्पुर्ण बिवरण हेर्न सक्नेछन।

यदि तपाई होटल या रेस्टॊरेण्ट बिजनेस मा हुनु हुन्छा भने यो QR CODE लाई तपाईको सम्पुर्ण MENU को रूपमा पनि प्रयोगमा ल्याउन सकिन्छ। जहा SCAN गर्दा तपाईको बिजनेस डिटेल सहित सम्पुर्ण मेनु रहनेछ। जसलाई प्रिन्ट गरेर हरेक टेवलमा राख्न या साईडमा तसना सक्नु हुनेछ।
रेस्टॊरेण्ट बाट निस्किएपछि पनि उनीहरूले तपाईको बिजनेसको रिभ्यू दिन, या फेरी बुक गर्न या अन्लाईन बाट हेर्न प्रेरित गर्न का साथै एउटा मिठो सम्बन्ध स्थापित गराउन मद्दत गर्ने हाम्रो बिस्वास रहेकोछ।

कस्टूमर रिफर

ग्राहकलाई सेवा र ब्याबसायिलाई टेवा पुर्याउने हेतु हामीले फरक फरक ढंगबाट विभिन्न कार्यक्रम संचालन गर्दै आएका छौ। यसका लागि हामीले ब्याबासायिका साथ साथ आम जनमानस संग पनि सहकार्य गर्दै आएका छौ। र जनमानस संग प्रतक्ष सम्पर्कमा रही विभिन्न सेवा प्रदान गर्दै आएको हुनाले हामि तपाईको बिजनेसलाई पनि हाम्रा ग्राहक माझ पस्कने कोशिसमा रहनेछौ।

यदि कोहि ग्राहक हाम्रो कम्पनि को नाम लिएर आउछ भने उसलाई तपाईको समान या सेवा जो तपाईको बिजनेसमा उपलब्ध छ त्यसमा बिना बार्गेनिंग बिसेस छुट उपलब्ध गराउन पर्नेछ।

तपाईकोमा छुट पाउने अभिलाषाले ग्राहक तपाईको मा आकर्षित हुने हाम्रो बिस्वास रहेको। जसबाट बार्गेनिंग गर्न पर्ने झन्झट बाट ग्राहक तथा तपाई दुवै मुक्त हुनुहुनेछ। समय को बचत, बार्गेनिंगको झन्झट बाट मुक्त, नया ग्राहकको सम्भावना, र अन्लाईन मा डिटेल अपडेट भईरहने भएकाले कस्टुमर रिपिट हुने सम्भावाना पनि प्रवल रहनेकुरामा हामि बिस्वस्त छौ।

Boosting Support & Social Sharing

यदि तपाई आफ्नो फेसबुक पेज BOOST गर्न चाहनुहुन्छा या कुनै खास प्रोडक्ट लाई बॊस्ट गरि सेल गर्न चाहनुहुन्छ भने हामि तपाईको फेसबुक अकाउण्टमा CASH LOAD गर्न मद्दत गर्नेछौ।
यसका साथै के FB BOOST गर्दा के कस्ता SETTING लाई ध्यान दिए प्रभावकारी हुन सक्छ सो को हामीसंग भएको IDEA अनुसार सपोर्ट गर्नेछौ।

तपाईका पेज मा लाईक बढाउन परेमा, पोस्ट सेयर गर्न पर्दा या AD BANNER DESIGN को लागि पनि हामि सहयोग गर्न सक्नेछौ। जसका लागि अतिरिक्त शुल्क भने लाग्नेछ। हामीबाट हुन सक्ने सपोर्ट भने हामि प्रदान गर्ने छौ। फेसबुक लाई भुक्तान गर्न पर्ने रकम, तथा अन्य स्थानमा लाग्ने शुल्क भने तपाईको हुनेछ।

B2B SUPPORT

खरिद:
यस योजना अन्तर्गत हामि तपाईलाई ब्याबसायिक रिलेसनमा सपोर्ट गर्ने कोशिस गर्नेछौ। जस्तोकि: तपाईले सेल गर्ने प्रोडक्ट या समनका लागि अन्य होलसेलर तथा इम्पोर्टर संग सहकार्य गरि रेट बुझ्ने तथा अन्यत्र सस्तो या राम्रो पाएको खण्डमा खरिद बिक्रीको लागि पनि सपोर्ट प्रदान गरिनेछ।

बिक्रि:
यदि तपाई स्वयम् इम्पोर्टर या होलसेलर पनि हुनु हुन्छ भने तपाईको सामानको लागि अन्यत्र प्रस्ताव राख्ने तथा रिसर्च गर्न पनि हामि मद्दत गर्नेछौ।

कर्मचारी:


तपाईको ब्याबसायालाई कुनै पनि प्रकारका कर्मचारी आवस्यक पर्दा भ्याकेन्सी अनाउन्स गरि सम्बन्धित आवेदकलाई सर्ट लिस्ट गरेर फाईनल अन्तर्वार्ताका लागि तपाई समक्ष पठाईने छ। यसका लागि हामि तपाई या आवेदक कसै संग पनि छुट्टै सर्भिस चार्ज लिदैनौ। यो केवल हामीसंग सहकार्य गरिरहेका ब्याबसायी तथा पब्लिकको लागि एक सेवा मात्र हो।

अन्य कार्यक्रमहरू:

सहकार्यलाई प्रभावकारी बनाउन हामि बेला बेला विभिन्न कार्यकम हरू गर्दै आएका छौ। जस्तै:
– हेल्थ क्याप
– मोटिभेसनल क्याम्प
– एजुकेसनल क्याम्प
– कुपन वितरण
– अफर तथा स्किम
– लगायत अन्य थुप्रै…………….

जसमा:
तपाई पनि प्रतक्ष सहभागी बन्न सक्नुहुनेछ। जस्तै यदि तपाई लाई यी र यस्ता कार्यक्रम मा उपस्थित हुने पब्लिकबाट प्रतक्ष लाव हुन्छा भन्ने लाग्छ भने यी कुन विकल्प तपाईको लागि बढी प्रभावकारी हुन्छ यस बिसयमा छलफल गरि हामि तपाईलाइ समाबेस गराउनेछौ।

कुपन:
यदि तपाई पब्लिक लाइ कुपन बितरण गरि पब्लिकलाई प्रतक्ष पब्लिकलाई प्रतक्ष आकर्सण गर्न चाहनुहुन्छ भने त्यसको लागि सम्बन्धित डिपार्टमेन्ट मा सहकार्य गरि अघाडी बढ्न सकिन्छ।
तपाईको कुपन डिजाईन गर्ने देखि प्रचार प्रसार तथा बितरण सम्म को लागि हामि सपोर्ट गर्नेछौ। जसको लागि कुनै एक्स्ट्रा चार्ज लाग्नेछैन।

अन्तत:
हामि तपाईलाई कुनै प्रोडक्ट या सर्भिस बेच्दै छैनौ – हामि तपाई संग सहकार्यको प्रस्तावना लिएर आएकाछौ। तसर्थ उल्लेखित जे जति सेवा सुबिधा तथा सर्भिस हामि तपाईलाई प्रदान गर्दैछौ अन्तत: यो सबै पब्लिक ( ग्राहक ) कै लागि हो। र ग्राहक हाम्रा साझा इश्वर, अल्लाह या भगवान हुन।
त्यसैले हामि एक अर्काको परिपुरक बनेर होस्टेमा हैसे गर्दै ग्राहक सम्म पुगौ भन्ने चाहाना हो। हामीले गहकलाई प्रदान गर्ने सेवा सुबिधा तपाई बिना अधुरो छ। त्यसले हामि सफल हुन पहिला तपईलाई सफल बनाउन पर्नेछ। हामि हमेशा त्यसैमा फोकस गर्नेछौ।

How To Apply

हाम्रा कुनै पनि स्टाफ या एजेण्ट मार्फत अथवा शिधा हामीलाई सम्पर्क गरेर पनि सहकार्य को प्रक्रिया अघि बढाउन सक्नुहुनेछ।
जसका लागि तोकिएको सुल्क र ब्यबसायको बिवरण बुझाउन आवस्यक रहनेछ। तपाईको बिवरण प्राप्त भएको २४ घण्टा भित्र हामि तपाईलाई हाम्रो COLLABORATOR को लिस्टमा समाबेस गराई एक URL तथा QR CODE उपलब्ध गराउने छौ। ७२ घण्टा भित्र वेबपेज तथा V CARD डिजाईन भै सक्नेछ। त्यसलाई अवलोकन गरेर सच्याउन पर्ने या थप घट गर्न पर्ने कुरा केहि भए परिमार्जन गरि ७ दिन भित्र पहिलो चरणको सम्पुर्ण अपडेट सम्पन्न हुनेछ।
तत्पश्चात: डिजिटल तथा फिजिकल मार्केटिङ्गका प्रक्रियाहरू अघाडि बढाईने छ।

We Accept:

Skip to content